इटहरीमा रक्तदान सम्पन्न , ६७ पिन्ट रगत संकलन

 

सुनसरीकाे इटहरी ६ मा भएकाे रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएकाे छ ।

असार ३० गते शनिवार सेन्ट्रल फाईनान्स लिमिटेड इटहरी शाखा र  सहयोगी हातहरु संस्थाको सहयोगमा आयाेजना गरेकाे  रक्तदान कार्यक्रममा ८ जना महिला तथा ५९ जना पुरुष गरी जम्मा ६७ जना रक्तदाताहरुको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त रक्तदान कार्यक्रम सेन्ट्रल फाईनान्स लि. शाखा कार्यालयको भवन इटहरी ६ मा गरिएको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा धरान सुनसरीको प्रविधिक सहयोगमा सम्पन्न गरिएको थियो ।

इटहरी १६ लविपुरमा रहेकाे सहयाेगी हातहरु सस्थाले इटहरीमा विभिन्न सामाजिक कामहरु गर्दै आईरहेकाे छ ।



 

Comments

Post a Comment