सुनसरीकाे इटहरी ६ मा भएकाे रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएकाे छ ।
असार ३० गते शनिवार सेन्ट्रल फाईनान्स लिमिटेड इटहरी शाखा र सहयोगी हातहरु संस्थाको सहयोगमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ८ जना महिला तथा ५९ जना पुरुष गरी जम्मा ६७ जना रक्तदाताहरुको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त रक्तदान कार्यक्रम सेन्ट्रल फाईनान्स लि. शाखा कार्यालयको भवन इटहरी ६ मा गरिएको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा धरान सुनसरीको प्रविधिक सहयोगमा सम्पन्न गरिएको थियो ।
इटहरी १६ लविपुरमा रहेकाे सहयाेगी हातहरु सस्थाले इटहरीमा विभिन्न सामाजिक कामहरु गर्दै आईरहेकाे छ ।
Good work
ReplyDeleteGood job
ReplyDelete