"इटहरी १ मा किरात राई संस्कृति र धर्मको संरक्षणका लागि समिती गठन"





 इटहरी :इटहरी उपमहानगरपालिका वडा नं १ मा किरात राई यायोक्खाको प्रारम्भिक कार्य समिती गठन भएको छ। उक्त समिती शुक्रबार राजकुमार राईको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

 समितीको उद्देश्य किरात राई समुदायका धर्म, संस्कार र संस्कृति जोगाउनका लागि काम गर्नु हो। यस समितीले समुदायको परंपरा र सांस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

किरात राई यायोक्खा केन्द्रीय समिति र इटहरी नगर समितिका सदस्यहरूको उपस्थितिमा तदर्थ समिती गठन गरिएको हो।

 आगामी दिनहरूमा समितीले आफ्ना कार्यहरूको आयोजना र योजनाबद्ध ढंगले सञ्चालन गर्ने तयारी गरेको छ। यस समितीको गठनले समुदायमा एकता र समृद्धिको दिशा तय गर्ने विश्वास व्यक्त गरिएको छ।



Comments