इटहरी :जनजागरण पुस्तकालयद्वारा आयोजित साहित्यिक जागरण अभियानको ६३औँ श्रृङ्खला अन्तर्गत युवा साहित्यकार मणि निरौलाद्वारा लिखित उपन्यास "गुप्त प्रेम" को परिचर्चा कार्यक्रम सम्पन्न भयो।
परिचर्चाका प्रमुख वक्ताका रूपमा कवि रामप्रसाद खरेल र साहित्यकार टीका आत्रेय रहनुभएको थियो।
आत्रेयले "गुप्त प्रेम" टीन एज र बालापनको कथासँग सम्बन्धित भएकाले युवा वर्गलाई विशेष रूपमा मन पर्ने पुस्तक भएको बताइन्।
अर्का वक्ता रामप्रसाद खरेलले "गुप्त प्रेम" कोशी प्रदेशबाट आएको उल्लेखनीय कृति भएकाले विशेष महत्त्व राख्ने भन्दै, उपन्यासको सस्पेन्स थ्रिलर शैलीले पाठकलाई आकर्षित गर्ने उल्लेख गरे।
कार्यक्रम पुस्तकालयका अध्यक्ष भैरवप्रसाद सापकोटाको सभापतित्व तथा साहित्यकार कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार कृष्ण विनोद लम्साल, कार्यक्रम संयोजक टीका मिलन, प्रगतिशील लेखक संघ (प्रलेस) सुनसरी अध्यक्ष विमला पोखरेल, कलाकार कृष्णप्रसाद नेपाल तथा थुप्रै साहित्यकार एवं स्रोता उपस्थित थिए।
कलाकार कृष्णप्रसाद नेपालले आफ्नो कलाकारी मार्फत हँसाउँदै मीठा कविता वाचन गरेका थिए। साथै, वरिष्ठ पत्रकार एवं साहित्यकार कृष्ण विनोद लम्सालले साहित्यमा युवाहरूको चासो बढ्दै जानु नेपाली साहित्यका लागि सकारात्मक पक्ष भएको उल्लेख गरे।
युवा लेखक मणि निरौलाले पुस्तक प्रकाशनका क्रममा भोग्नुपरेका चुनौतीबारे चर्चा गर्दै पाठकहरूले "गुप्त प्रेम" लाई मन पराएकोमा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा सहभागी सबैले पुस्तकको विषयवस्तु, शैली तथा समसामयिक सन्दर्भका विविध पक्षमाथि गहन छलफल गरेका थिए।
Comments
Post a Comment