इटहरी : तहरामा भएको नगर स्तरीय ब्याडमिन्टन प्रतियोगितामा समूह 'क' अन्तरगत धनबहादुर पुरी र प्रदीप श्रेष्ठको टिम विजयी भएको हो ।
इटहरी २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम विजयी भए भने राजकुमार राई र राम तामाङको टिम उपविजेता बन्यो ।
तीन समूह चरणमा भएको प्रतियोगितामा ख समूहबाट रबिन बस्नेत र मेम कुमार राईको टिम प्रथम भएको छ । उप विजेतामा आशिष श्रेष्ठ र गीता तामाङले चित्त बुझाए ।
त्यस्तै समूह 'ग' बाट सिम्रन मगर र प्रेमको टिम विजयी भए भने उप विजेतामा ललित मगर र तिलकले बाजी मारे । प्रतियोगिताको विजेताले नगद १० हजार र ट्रफि उपविजेताले नगद ५ हजार र ट्रफि पाए ।
खेलको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्दै ब्याडमिन्टनले मानिसलाई स्वास्थ्य सँगै सकारात्मक बनाउने बताए । खेल क्षेत्रमा सरकारको लगानी आवश्यक रहेको बताउँदै मेयर पौडेलले नगर बासीलाई स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गरे ।
क्लबका अध्यक्ष मेमकुमार राईले जनस्तरको बृहत् सहभागितामा बनेको तरहरा ब्याडमिन्टन क्लबमा दैनिक सय भन्दा बढी खेलाडीले ब्याडमिन्टन खेल्दै आएको बताए । कार्यक्रमको संयोजन तरहराका उत्कृष्ट खेलाडीहरू जय खड्का, चन्द्र तामाङ, नारायण गुरुङ, देव अधिकारी, अनिल अधिकारी, अनिल निरौला, उत्तम राई लगायतले गरेका थिए।
Comments
Post a Comment